१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा पहिलो हाफ सकिँदा अमेरिका सुरुवातमा लिएको अग्रता गुमाउँदै टर्कीसँग २–१ ले पछि परेको छ ।
अमेरिकाले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । अमेरिकाका लागि अस्टिन ट्रस्टीले गोल गरेका थिए ।
त्यसपछि खेलको १० औं मिनेटमा टर्कीका अर्दा गुलरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
यस्तै, ३१ औं मिनेटमा टर्कीका लागि ओर्कुन कोकुले गोल गर्दै टिमलाई २–१ गोल अन्तरले अग्रता दिलाए ।
पहिलो हाफमा त्यसपछि थप गोल हुन नसक्दा अमेरिका त्यही अन्तरमा पछि छ ।
प्रतिक्रिया 4