Comments Add Comment

२१ तोला अवैध सुन र दुई लाख भारुसहित एक जना पक्राउ

२६ जेठ, बुटवल । स्रोत नखुलेको २१ तोला सुन र भारु नोटसहित एक जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

स्याङ्जा आँधीखोला नगरपालिका वार्ड नं.६ स्थायी ठेगाना बताउने अन्दाजी ४५ वर्षाक भीमबहादुर भाट क्षेत्रीलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।

बुटवलको बसपार्कमा शुक्रबार पक्राउ परेका क्षेत्रीबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनपछि जानकारी गराएको हो । क्षेत्रीले भारतको मुम्बइबाट २१ तोला सुनको ढिक्कासहित एक केजी ९४ ग्राम चांदीको ढिक्का र ५ तोला तौलका तीन थान चाँदीका सिक्का बरामद गरेको छ ।

क्षेत्रीको साथबाट नेपालमा प्रतिबन्धित दुई हजार दरका भारतीय नोट ४० थान, पाँच सय दरका नोट ३ सय ६० थान, दुई सय दरका नोट एक थान, एक सय दरका नोट ९ थान र ५० दरका नोट १२ थान गरी २ लाख ६१ हजार सात सय भारतीय रुपैयाँ,  मोवाइल ४ थान, विभिन्न ब्राण्डका घडी ६ थान बरामद गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए । क्षेत्रीमाथि राजस्वसम्बन्धी कसूर अन्तर्गत मुद्दा चलाई अनुसन्धान भइरहेको बताए ।

देवदह घटना : मदिरा खाएर अरुमाथि चक्कु हान्दा थापाको मृत्यु

शनिबार राति १० बजे देवदह टटेरामा भएको घटनामा ज्यान गुमाउने २८ वर्षका सुमन थापाको मृत्युको कारण उनी आफै भएको रुपन्देही प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

शनिबार साँझ टटेरास्थित राजेन्द्र मुसियरले सञ्चालन गर्दै आएको ग्रिल पसलमा सुमन थापासहित पाँचजना संगै बसेर मदिरा सेवन गरेका र सो क्रममा थापा र लक्ष्मण थारुबीच सामान्य विवाद भई हात हालाहाल भएको थियो ।

विवाद हुँदा साथीहरुले छुट्टाई आ–आफ्नो घर गएकामा लक्ष्मण थारु आफ्नो घरमा सुतेको अवस्थामा सुमन थापा फर्केर आई ढोका हानेका र लक्ष्मणले ढोका खोल्नासाथ सुमनले थारुलाई टाउकोमा चक्कुले प्रहार गरेका अनुसन्धानबाट खुलेको डीएसपी भण्डारीले बताए ।

आफूमाथि चक्कु प्रहार भएपछि लक्ष्मण थारुले सुमन थापालाई धकेल्दा नजिकै रहेको ब्लकमा ठोक्किएर घाइते भई उपचारको लागि देबदह मेडिकल कलेज भलुहीमा लगिएकोमा थापाको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले थारुलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको र हिराबहादुर महतो, रेखबहादुर महतो, लक्ष्मण थारु, सुभाष क्षेत्रीलाई सोधपुछका लागि प्रहरी नियन्त्रणमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment