Comments Add Comment

विश्वकप क्रिकेटमा भारतद्वारा अष्ट्रेलिया पराजित

२६ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले विश्वविजेता अष्ट्रेलियालाई पराजित गरको छ ।

लन्डनस्थित केनिङटन ओभलमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो । ३५३ रनको ठूलो चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा ३१६ रन मात्रै बनाएपछि भारतले जित हात पारेको हो ।

अष्ट्रेलियाका लागि स्टिेभन स्मिथले ६९, डेभिड वार्नरले ५६, एलेक्स करेयले ५५ रन बनाए । त्यस्तै, उस्मान खवाजाले ४२, कप्तान एरोन फिन्चले ३६ र ग्लेन म्याक्श्वेलले २८ रन बनाएपनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् ।

बलिङतर्फ भारतका भुवनेश्वर कुमार र जसप्रित बुमराहले समान ३–३ विकेट लिदा युजभिन्द्र चाहालले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा २५२ रन बनाएपछि अष्ट्रेलियाले ठूलो लक्ष्य पाएको थियो । भारतको लागि शिखर धवनले शतक बनाए । उनले १०८ बलमा १६ चौका प्रहार गर्दै ११७ रन बनाए । त्यस्तै, कप्तान विराट कोहलीले उत्कृष्ट प्रदर्शन गरे । विराटले ८२ रन बनाउँदै भारतलाई ठूलो स्कोरमा प¥याएका थिए । उनले ७७ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

यता, ओपनर रोहित शर्माले ५७ रन बनाउँदा हार्दिक पाण्ड्याले ४८ र महेन्द्रसिंह धोनीले २७ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका मार्कुस स्टोइनिसले दुई विकेट लिए ।

जारी विश्वकपमा भारतको यो लगातार दोस्रो जित हो । यसअघि भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । अष्ट्रेलियाको भने यो पहिलो हार हो । यसअघि भएको दुई खेलमा अष्ट्रेलियाले जित हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment