Comments Add Comment

किशोरी हत्याका आरोपी प्रजा सहनी पक्राउ

२८ जेठ, वीरगञ्ज । प्रहरीले कर्तव्य ज्यान मुद्धाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

बहुदरमाई नगरपालिका-८ रामनगरी बस्ने २७ वर्षीय प्रजा सहनीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई स्थानीय ६५ वषर्ीय किशोरी सहनीको हत्यामा संलग्न भएको आरोप छ ।

सोमबार राति वीरगञ्ज महानगरपालिका-१ छपकैया नजिकै नेपाल भारतको सीमा क्षेत्रमा लुकीछिपी बसेका सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रजा र स्थानीय ४० वर्षीय विनोद साहले मिलेर सहनीको हत्या गरेको दावी प्रहरीको छ ।

२०७५ चैत १८ गते बिहान रामनगरी गाँउको पश्चिम-दक्षिणस्थित हरेन्द्र गिरीको खेतमा नाक, कान र टाउकोमा चोट लागेको अवस्थामा सहनीको शव फेला परेको थियो । पहिचान भएपछि नारायणी अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।

हत्याको कारण भने अझै खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मछिन्द्र केसीले जानकारी दिए ।

घरमा एक्लै रहेका उनले माछा मारेर जीविकोपार्जन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment