+
+

घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३१ गते १८:२०

३१ जेठ, गोरखा । जंगलमा घाँस काट्न गएका आरुघाट गाउँपालिका–१ मान्वुका सोम बहादुर गुरुङको शुक्रबार भीरबाट लडेर ज्यान गएको छ ।

लडेर घाइते भएका ४० बर्षीय गुरुङको उपचारका लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

विहान घर नजिकैको जंगलमा घाँस काट्न गएका गुरुङलाइ घाइते अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गुरुङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोरखा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?