Comments Add Comment

सुधारियो सेयर बजार

२ असार, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार भएको छ । केहिदिनदेखि ओरालो लागेको बजार सोमबार २ अंक माथिको सुधार भएको हो ।

सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २ दशमलव ६३ अंकले बढेर १ हजार २ सय ६० दशमलव ९० अंकमा पुगेको छ । यस अघि आइतबार दोहारो अंकले बजार घटेको थियो ।

नेप्से परिसूचकसँगै सोमबार कारोबार रकममा समेत गिराव आएको छ । दिनभर भएका ६ हजार १५६ कारोबारबाट १७३ कम्पनीका १३ लाख ७३ हजार १२० कित्ता सेयर किनबेच भएको छ ।

जसअनुसार कारोबार रकम ४० करोड ३५ लाख ३८ हजार रुपैयाँमा सिमित भएको छ । यस अघि सोमबार ४७ करोड माथिको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment