
४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी हमला भइरहेको गुनासो गरेका छन् । राम्रो काम गर्दागर्दै पनि सरकारमाथि हमला भइरहेको उनको भनाइ थियो ।
राष्ट्रिय योजना आयोगमा बुधबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले राजनीतिक हमलासँगै जानी-नजानी सरकारी संयन्त्रबाट पनि असहयोग भइरहेको गुनासो गरे ।
मेलम्ची खानेपानी आयोजनाको प्रसंग निकाल्दै प्रधानमन्त्रीले आफूलाई सही ब्रिफिङ नहुँदा आयोजना प्रभावित भएको बताए । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको गति चित्त बुझ्दो नभएको उनको गुनासो थियो ।
संघीयता कार्यान्वयनमा नेपालले उल्लेख प्रगति गरेको भन्दै संसारमा यस्तो नहुने बताए । संघीयता कार्यान्वयनका क्रममा कहिलेकाँही देखिने सैद्धान्तिक असहमति बाहेक अन्य समस्या उत्पन्न नभएको भन्दै नेपाल यस सन्दर्भमा अगाडि बढेको प्रधानमन्त्रीको भनाई छ ।
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रदेश मुख्यमन्त्रीहरुले प्रदेशमा बजेट थोरै गएको भन्दै अधिंकाश योजना स्रोतसहित केन्द्रमा राख्न नहुने बताए ।
प्रतिक्रिया 4