काठमाडौं । नेपाली क्रिकेटर सोमपाल कामीले ग्लोबल टी–२० क्यानडा क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
बिहीबार भएको ड्राफ्टमा विनिपिग हक्सले सोमपाललाई लिएको हो । ११ औं राउन्डमा उनलाई विनिपिग हक्सले लिएको हो । सोमपालको टिममा डरेन ब्राभो, जेपी डुमिनी, साइमन अनवर लगायत छन् ।
सन्दीप लामिछानेले भने टोरोन्टो नेशनल्सबाट खेल्नेछन् । उनको टिममा युवराज सिंह, टेन्ट बोल्ट, ब्रेन्डन म्याकमल, किरण पोलार्ड लगायत छन् ।
प्रतियोगिता २५ जुलाइबाट सुरू हुनेछ ।
प्रतिक्रिया 4