Comments Add Comment

किशोरी बलात्कारकाे आरोपमा कैलालीबाट ३ पक्राउ

Photo Credit : सांकेतिक तस्वीर

९ असार, कैलाली । १३ वर्षीया किशोरी जबजस्ती करणीको आरोपमा कैलाली प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१५ उर्माका २५ वर्षीय कुट्टु चौधरी, २३ वर्षीय विजय चौधरी र वडा नम्बर ७ मनेहराका २५ वर्षीय झगरु चौधरी छन् ।

किशोरीलाई फकाएर जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

पक्राउ परेका ३ जनामाथि किशोरीलाई हातखुट्टा समातेर पालैपालो करणी गरेको र कसैलाई भनेमा हत्या गर्ने धम्की दिएको किटानी जाहेरी परिवारले प्रहरीकोमा दिएका छन् ।

प्रहरी नायब उपरीक्षक बस्नेतले युवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यसअघि कैलालीसँगै सीमा जोडिएको कञ्चनपुरमा पनि किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । उनको बलात्कार र हत्यामा संलग्नको अहिलेसम्म पहिचान हुन सकेको छैन । यसलाई लिएर सरकारको आलोचना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment