Comments Add Comment

सहमतिबाट पछाडि फर्किए दुर्भाग्य : प्रचण्ड

९ असार, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकताका क्रममा भएका सहमतिहरुबाट कोही पनि पछाडि फर्कन नसक्ने दाबी गरेका छन् ।

पछिल्लो समय ‘जनताको बहुदलीय जनवाद’बारे बहस भइरहेका बेला प्रचण्डले पार्टी एकता गर्दाका सहमतिबाट पछाडि फर्किए दुर्भाग्य हुने बताउका हुन् ।

नेकपा चितवनको सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकता गर्दा तयार गरिएको पार्टीको सिद्धान्त, विधान र हस्ताक्षरित दस्तावेजबाट कोही पनि पछाडि फर्किन अब सम्भव छैन । फर्किए दुर्भाग्य हुन्छ ।’

कोही पार्टी एकताको भावनाबाट बिचलित हुन खोजे नेता कार्यकर्ताले खबरदारी गर्नुपर्ने उनले बताए ।

पार्टी एकता प्रक्रिया लगभग टुंग्गिएको बताउँदै प्रचण्डले निकट भविश्यमै बाँकी कमिटीहरु पनि बन्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment