Comments Add Comment

स्पोर्टस् अवार्डको सह–प्रायोजकमा क्राउन प्लाजा

१२, असार, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि सह–प्रयोजकको रुपमा होटल क्राउन प्लाजासँग प्रायोजन सम्झौता गरेको छ ।

नेपाली खेल क्षेत्रकै प्रतिष्ठित अवार्ड कार्यक्रमका लागि मञ्चले होटल क्राउन प्लाजासँग बिहीबार सह–प्रयोजकको रुपमा सम्झौता गरेको हो । सह–प्रायोजकको रुपमा क्राउन प्लाजासँगको सम्झौता एक वर्षको रहेको छ ।

सम्झौता अनुसार क्राउन प्लाजाले अवार्ड कार्यक्रम र मञ्चका लागि आवास र भोजनको व्यवस्था गर्नेछ । सम्झौता पत्रका मञ्चका अध्यक्ष देवेन्द्र सुबेदी र क्राउन प्लाजाका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले हस्ताक्षर थिए ।

खेलक्षेत्रबाट नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलकर्मी र खेल संस्थालाई सम्मान गर्ने अवार्ड कार्यक्रम असार १७ गते नेपाल प्रज्ञा भवन कमलादीमा आयोजना हुदैछ ।

अवार्डका विभिन्न ५ विधाको मनोनयन सार्वजनिक भइसकेको छ । उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेताले बजाजको एनएस १६० मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले ५० हजार रुपैयाँ पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment