Comments Add Comment

मुख्यमन्त्री कप असार १६ गतेदेखि, विजेतालाई ५ लाख

१२ असार, काठमाडौं । मुख्यमन्त्री कप प्रदेश १ लिग फुटबल प्रतियोगिता यही असार १६ गतेदेखि प्रदेश १ को विभिन्न स्थानमा सुरु हुदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पे्रस विज्ञप्तिमार्फत १४ टिम सहभागी हुने प्रदेश १ स्तरीय प्रतियोगिता उदयपुर, इलाम, सुनसरी र मोरङमा हुने जानकारी दिएको छ ।

असार ३० गतेसम्म आयोजना हुने प्रतियोगितामा मोरङ, सुनसरी, उदयपुर, झापा, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, खोटाङ र सोलुखुम्बु सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले तीन लाख, तेस्रो, चौथो, पाँचौ र छैटौं हुनेले समान ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख र अन्य विधाका विजेता खेलाडीले समान २५ हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment