+

बार्सिलोना फर्कनेमा आशावादी नेमार

२०७६ असार  १७ गते १३:५८ २०७६ असार १७ गते १३:५८
बार्सिलोना फर्कनेमा आशावादी नेमार

काठमाडौं । पेरिस सेनट जर्मेन (पीएसजी)मा रहेका स्टार स्ट्राइकर नेमार नयाँ सिजनका लागि बार्सिलोना फर्कनेमा आशावादी देखिएका छन् । नेमार गएको महिनादेखि नै बार्सिलोना र्फकने कसरतमा रहे पनि ठूलो आर्थिक कारोबारका कारण अवस्था कठीन बनेको छ ।

यस्तोमा बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डोनरले पनि नेमार ल्याउन सहज नरहेको धारणा सार्वजनिकरुपमा नै बताएका छन् । ‘नेमार बार्सिलोना र्फकन चाहेको साचो हो । तर बार्सिलोना नेमारलाई ल्याइहाल्ने अवस्थामा छैन । उनले छाडेर जाने बेलाकै धेरै कुरा मिलिसकेको छैन’ उनले भनेका छन् ।

उपाध्यक्षले यस्तो बताइरहे पनि बार्सिलोना नेमारलाई ल्याउन सकिने आधारहरुको खोजिमा भने लागिरहेको छ । पीएसजीलाई कसरी मिलाउन सकिन्छ भन्नेमा बार्सिलोना बोर्डले हरेक दिन छलफल गरिरहेको छ ।

पीएसजी नै पनि नेमारलाई बेच्न राजी नै देखिन्छ । तर पीएसजीका अध्यक्ष नासेर अल खेलाफी नेमारलाई किनेको भन्दा कममा बेच्न तयार छैनन् । त्यसैले उनको भाउ आउने सिजन झनै घट्न पुग्ने डरले यो सिजनमा नै बेच्न उपयुक्तसमेत ठान्छन् । अध्यक्ष खेलाफीले पनि भनेका छन्, ‘हामी अब कोही ‘सेलिबि्रटी’ चाहँदनौँ, जो योजना मान्न तयार छैनन्, उसले छाड्न सक्छ ।’

प्रशिक्षक थोमस टुखलले पनि भनेका छन्, ‘यदि कोही जान चाहन्छ भने उसको लागि बाटो खुला छ ।’

यसैले बार्सिलोना नेमारलाई ल्याउन ठूलो रकम खर्चने सँगै अरु कुन उपाय हुनसक्छ भन्ने खोजिमा लागेको हो । यसमा नेमार नै पनि पर्ख र हेरको स्थितिमा छन् । केही बोलिदिँदा अवस्था बिग्रन सक्ने उनले राम्ररी बुझेका छन् । यसैले घाइते रहेर कोपा अमेरिका गुमाएका उनी आफू फिट रहन गरेको प्रयास सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।

बार्सिलोना आउन आफूले बनाउन सक्ने सकारात्मक वातावरण बनाउन नेमार लागिरहेका छन् । बार्सिलोनाका साथीहरुसँगको कुराकानी पनि उनले आफू बार्सिलोना आउन लागिपरेको बताएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय