+
+

ल्याण्डिङ अगाडि नै विमानबाट खसेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १८ गते १६:००

१८ असार, काठमाडाैं । लण्डनमा विमानबाट खसेर एक जनाको मृत्यु भएको छ । उनी लण्डनको रिहायशी इलाकामा बगैंचामा खसेको र उनको मृत्यु भएको बीबीसीले जनाएको छ ।

मृतक केन्याबाट लण्डन गएको विमानमा ल्याण्डिङ गर्ने ठाउँमा लुकेर यात्रा गरेको अनुमान छ । ल्याण्डिङ गियर भन्नाले चक्का र पार्ट्सको सेट भएको ठाउँ हो, जुन विमान गर्ने क्रमा खुल्छ ।

जब विमान हिथ्रो एयरपोर्टमाल्याण्ड गर्न लाग्यो, त्यहाँ ल्याण्डिङ गियरमा लुकेको मानिस खसेको बताइएको छ ।

मृतकको शव स्थानीय समयअनुसार करिब ३ः४० मा अफटर्न रोडमा भेटिएको थियो । उनी विमानबाट खेसेको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।

लण्डनका एक व्यक्तिले बताएअनुसार उनी बगैंचामा बसिरहेका बेला केही पर ती व्यक्ति खसेका थिए । नाम उल्लेख नगर्ने सर्तमा उनले भनेका छन्, ‘ठूलो आवाज आयो । मैले हेर्दा शव देखेँ । बगैंचा र पर्खालामा रगत लागेको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?