+
+

२ लाख रुपैयाँसहित बानेश्वरबाट ८ जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १९ गते १०:३७

१९ असार, काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको बानेश्वरबाट नगदसहित ८ जुवाडे पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३१ स्थित जयराम ठकुरीको घरबाट नगद १ लाख उनान्सय हजार ५ सयसहित ८ जुवाडेलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट खटिएको टोलीले नगदसहित ८ जुवाडे नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

बोगटीका अनुसार पक्राउ परेका ८ जनालाई अहिले बानेश्वर वृत्तमा राखेर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?