+

चेल्सीको प्रशिक्षक बने लामपार्ड

२०७६ असार  १९ गते १४:३८ २०७६ असार १९ गते १४:३८
चेल्सीको प्रशिक्षक बने लामपार्ड

काठमाडौं । फ्राङ्क लामपार्ड इंग्लिस क्लब चेल्सीको प्रशिक्षक नियुक्त भएका छन् ।

खेलाडीका रुपमा चेल्सीमा १३ वर्ष विताएका पूर्वमिडफिल्डर लामपार्डले तीन वर्षे सम्झौता गरेका छन् । उनले माउरिजियो सरीको स्थान लिनेछन् ।

प्रशिक्षकका रुपमा पहिलो सिजनमा ४१ वर्षीय लाम्पार्डले डर्वीका काउन्टीलाई च्याम्पियनसिपको प्ले आफ फाइनलसम्म पुर्‍याएका थिए । तर एस्टनभिल्लासँग हार्‍यो ।

इंग्ल्याण्डका पूर्व खेलाडी चेल्सीबाट ६४८ खेल खेले र ११ प्रमुख उपाधि दिलाए । अब उनले यस्तो बेला प्रशिक्षक पद सम्हाल्दैछन्, जतिबेला टिममाथि खेलाडी किनबेचका लागि दुई सिजनको प्रतिबन्ध लागेको छ ।

‘मुख्य प्रशिक्षकका रुपमा चेल्सी फर्किन पाउँदा निकै गर्व लागेको छ’ लामपार्डले भनेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय