+
+
Shares

विमानस्थलमा आदित्यले भनेः नेपाल मेरो घर हो

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २१ गते १६:२०

गायक आदित्य नारायण झा आज बेलुकी ठमेलको क्लब फरेनहाटइमा आयोजना हुन लागेको ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ कार्यक्रममा सहभागी हुन नेपाल आएका छन् । त्रिुभवन विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै उनले नेपाललाई आफ्नो घर भने । क्यामेराको अगाडि नमस्ते गर्दै मुस्काएका आदित्यले बुबा उदितनारायण झाले गाएको हिट गीत ‘यो गाउँको ठिट्टो म’ पनि गाएर सुनाएका थिए ।

मिडियाकर्मीले नेपाल तपाइको घर कि मामाघर भनेर प्रश्न गर्दा उनले नेपाललाई आफ्नो घर भनेका थिए । आदित्यले भने–‘करिब ८ बर्षपछि म नेपाल आएको हुँ । एकदमै खुशी छु । म भोली जान्छु, यसैले अहिले खासै घुम्न पाउने छैन । नेपाली खाना म जे खुवाउनुहुन्छ खान्छु ।’

उनले अगाडि भने–‘मलाई माया गर्ने फ्यानहरु सबैलाई विशेष धन्यवाद ।’ उनी आज बेलुकी क्बल फरेनहाइटमा गुञ्जनेछन् । उनले, आफूले गाएका हिट बलिउड र नेपाली चलचित्रका गीत गाउने बताइएको छ । रातको ११ बजेपछि मात्र आदित्य स्टेजमा उक्लिने आयोजकले बताएको छ ।

उनी आफ्नो टिमसहित नेपाल आएका थिए । नेपालमा आदित्यको राम्रो क्रेज रहेकाले उनलाई नेपाल ल्याएको आयोजकले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?