+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

‘शंकास्पद सिरिन्ज आक्रमण’लाई लिएर बनेपामा तनाव, एक जना प्रहरी हिरासतमा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २३ गते १३:४०

२३ असार, काभ्रे । काभ्रेमा ‘सिरिन्ज आक्रमण’लाई लिएर तनाव उत्पन्न भएको छ । स्थानीयबासीले प्रहरी चौकी घेराउ गरेका छन् ।

सोमबार विहान बाटो हिँडिरहेकी र बसमा रहेकी एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको बताएका थिए । लगत्तै स्थानीयबासीको समूहले एक चारदोबाटोस्थित बसपार्कबाट एक जनालाई प्रहरीको जिम्मा लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख जयराज सापकोटाले स्याङ्जाका खगेन्द्रप्रसाद पाठकलाई पक्राउ गरिएको पुष्टि गरे । प्रहरी उपरीक्षक (एसपी) सापकोटाले अनलाइनखबरसँग भने, ‘शंकित व्यक्ति भएको आशंकामा पक्राउ हौं ।’

अहिले पाठकलाई हिरासतमा लगेर अनुसन्धान गर्न लागिएको सापकोटाले बताए ।

त्यसक्रममा  उनलाई कुटपिट गर्न खोजेपछि प्रहरीले उद्दार गरेर तीन दोबाटोस्थित चौकीमा लगेको छ भने पीडित महिलालाई उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्‍याइएको छ ।

पक्राउ परेका व्यक्तिले आफूले सिरिन्ज आक्रमण गरेको स्वीकारेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?