+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ग्वार्कोमा सिप्रदीको ५१औं सर्भिस सेन्टर

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २३ गते २०:४९

२३ असार, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले ग्वार्कोमा आफ्नो ५१औं सर्भिस सेन्टरको संचालनमा ल्याएको छ ।

जयदेव ट्रेडिङ सिप्रदीको ११औं आधिकारिक सर्भिस सेन्टर हो । सिप्रदी कम्पनीका चिफ अफरेटिङ अफिसर (सिओओ) राजेशप्रसाद गिरी तथा जयदेवका संचालक जयप्रकाश चौधरीको उपस्थितिमा सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहालले उक्त सर्भिस सेन्टरको उद्घाटन गरे ।

उक्त अवसरमा दाहालले सन् १९८२ मा स्थापना भएदेखि नै सिप्रदीले उत्कृष्ट सर्भिस सेन्टरहरू मार्फत् आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्नमा प्रतिबद्ध रहदै आएको बताए । उनले आफ्नो टिमले २४सैं घण्टा सेवा प्रदान गरी टाटा मोर्टसका उत्पादनहरू खरिद गर्ने ग्राहकहरूलाई आत्मविश्वास बढाउन सहयोग गर्ने बताए ।

त्यसैगरी सिप्रदी कम्पनीका सिओओ राजेशप्रसाद गिरीले सर्भिस सेन्टरबाट प्रदान गरिने सेवालाई ग्राहकको अधिकार भएकोबारे जोड दिँदै भने ‘कुनै ग्राहकले टाटाका उत्पादनहरू किन्छ भने उसले सेवाहरू प्राप्त गर्ने अधिकार पनि सँगै प्राप्त गर्दछ र ती सेवाहरू प्रदान गर्ने कम्पनीको दायित्व हो, र सिप्रदीमा हामी यो सुनिश्चित गर्दछौं कि हाम्रा ग्राहकहरुले सो अधिकार प्राप्त गर्नु हुन्छ । हाम्रा सेवाहरू र ५१औं सर्भिस सेन्टरले हाम्रो यो प्रतिबद्घता देखाउँछ ।’

जयदेव ट्रेडिङले पिकअप गाडीहरू, साना कमर्सियल भेइकलहरू र प्यानल भ्यानहरूलाई विशेष सेवाहरू प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?