Comments Add Comment

नेयमारलाई कारबाही !

२४ असार, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्राइकर नेयमारलाई कारबाही गर्ने भएको छ ।

सोमबारदेखि पीएसजीले प्रि-सिजनको अभ्यास थालेको थियो । तर चर्चित खेलाडी नेयमार भने उपस्थित हुन सकेनन् । प्रि-सिजनको पहिलो दिन नै अभ्यासमा उपस्थित नभएपछि क्लब नेयमारसँग रुष्ट बनेको छ ।

अभ्यासमा नआउने बारे नेयमारले क्लबमा कुनै जानकारी नगराएको भन्दै पीएसजी कारबाही गर्ने तयारीमा पुगेको बीबीसीले उल्लेख गरेको छ । पिएसजीका खेल निर्देशक लियोनार्दोले एक अन्तर्वार्तामा नेयमारले पिएसजी छोड्न सक्ने बताएका छन् । यद्यपि त्यसका लागि सवैलाई स्वीकार्य हुने प्रस्ताव चाहिने उनको भनाइ छ ।

नेयमार कोपा अमेरिका फुटबल सुरु हुनुभन्दा केही दिनअघि घाइते भएपछि ब्राजिलको टिममा पनि परेनन् । कहिले घाइते त कहिले विभिन्न लफडामा पर्ने गरेका नेयमारको पछिल्लो गतिविधिबाट क्लब रुष्ट हुदै आएको छ । पिएसजीले पछिल्लो वक्तव्य जारी गरेर भनेको छ, ‘नेयमार क्लबको अनुमति बिना उपस्थित भएनन् । यस्तो अवस्थाप्रति खेद व्यक्त गर्दछ ।’

दुई वर्षअघि नेयमार बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्यमा पिएसजीमा गएका थिए । नेयमारले पीएसजीका लागि ३७ खेलमा ३४ गोल गरेका छन् । तर हाल नेयमार पुनः बार्सिलोना फर्किन चाहेका समाचारहरु प्रकाशमा आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment