+
+

भैंसेपाटीको हिरासतबाट ३ जना थुनुवा फरार

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २४ गते ८:५२

२४ असार, काठमाडौं । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन जना थुनुवा फरार भएका छन् । लागु औषध कारोबार मुद्दाका रविकुमार तिम्सिना तथा डाँका चोरी मुद्दाका सम्शेर माझी र रुद्रलाल श्रेष्ठ फरार गएराति ग्रिल उप्काएर भागेका हुन् ।

जावलाखेल प्रहरीमा राख्नुपर्नेमा ठाउँ अभावका कारण उनीहरुलाई भैंसेपाटीमा राखिएको थियो । उनीहरुको नाम खुलाइएको छैन ।

ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुकले घटनाको पुष्टि गर्दै फरार भएकाहरुको खोजी कार्य भइरहेको जानकारी दिए ।

उनीहरुको खोजीका लागि काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा व्यापक मात्रामा प्रहरी परिचालन गरी निगरानी बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?