
२४ असार, काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्ड र भारतबीचको खेल पानी परेपछि रोकिएको छ ।
इंग्ल्यान्डको म्यान्चेस्टरमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दै ४६.१ बलमा पाँच विकेटको क्षतिमा २११ रन बनाउँदा पानी परेको हो ।
खराब सुरुवात गरेको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाउँदै टिमलाई उकासेका थिए । उनले हेनरी निकोलससँग ६८ रनको साझेदारी गरे । निकोलस भने २८ रनमा आउट भए ।
त्यस्तै, न्युजिल्यान्डका लागि अहिले क्रिजमा रोस टायलर ६७ रन बनाएर अविजित छन् । दुबै टिम जित हात पार्दै फाइनलमा प्रवेश गर्ने लक्ष्यमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4