Comments Add Comment

आजका पत्रिका : मुख्यसचिवसँग प्रधानमन्त्री रुष्ट

२८ असार, काठमाडौं । आजका पत्रिकाहरुमा बाढी, पहिरोकै समाचारले मुख्य स्थान पाएका छन् । सबै पत्रिकाहरुले पहिलो पृष्ठमा डुबानको तस्वीरसहित समाचार प्रकाशित गरेका छन् । भित्री पृष्ठहरु पनि जिल्ला र प्रदेशकै बाढी, पहिरो र डुबानका समाचारहरुले भरिएका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकले प्रधानमन्त्री केपी शर्मा ओली मुख्यसचिव लोकदर्शन रेग्मीसँग रुष्ट रहेको समाचार भित्री पृष्ठमा छापेको छ । ‘पछिल्लो समयमा सचिवहरुका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली मुख्यसचिवसँग रुष्ट भएका हुन्,’ असन्तुष्टिको कारण खुलाउादै अन्नपूर्णले लेखेको छ ।

तरकारीको विषादीमा भारतीय दूतावासको पत्रमा आफूलाई गुमराहमा पारेको भन्दै सार्वजनिक रुपमा माफी मागेका प्रधानमन्त्री ओलीले सचिवलगायत प्रशासनिक काममा कडाइ गर्न मुख्यसचिवलाई निर्देशनसमेत दिएको समाचारमा उल्लेख छ ।

‘प्रशासकले समन्वय, निर्देशन र कार्यान्वयन गराउने कुरामा गम्भीरतापूर्वक ध्यान पुर्‍याउनुपर्छ,’ सिंहदरबारमा आयोजित वार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले मुख्यसचिवप्रति इंगित गर्दै भनेको भन्दै समाचारमा लेखिएको छ, ‘रिपोर्ट सुनेर वास्तविकता के हो ? पत्ता लगाउनोस्, कर्मचारीले कतिसम्म जिम्मेवारीपूर्वक काम गरेका छन् हेर्नुहोस् ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले मन्त्रीबीच बाझिने कुरा आउन नहुने र गलत ब्रिफिङ भएको विषयमा सचेत रहन निर्देशन आएको अन्नपूर्णसँग बताएका छन् ।

हेर्नुहोस् आजका पत्रिकाका पहिलो पृष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment