Comments Add Comment

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा माइती नेपाललाई सहयोग

२८ असा, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले माइती नेपाललाई स्यानिटरी नेपकिन निर्माण गर्ने २ वटा मेशिनहरु ह्स्तान्तरण गरेको छ । बैंकको दिगो पहलकदमी स्ट्याण्डर्ड चार्टर्डद्वारा भविष्य निर्माताहरु अभियान अन्तर्गत यही २०७५ असार २० गते उक्त मेशिनहरु माइती नेपाललाई न्यून लागतको स्यानिटरी नेपकिन उत्पादन गर्ने कार्यमा सहयोग पु¥याउने उद्देश्यका साथ प्रदान गरिएको हो ।

योजनाले असहाय युवतीहरु र महिलाहरुलाई स्यानिटरी नेपकिनको उत्पादनद्वारा सशक्तिकरण गराउने लक्ष्य राखेको छ जसबाट महिलाहरुलाई महिनावारी हुँदा स्वच्छ सुरक्षित सरसफाईमा प्रोत्साहन मिल्नेछ ।

स्ट्याण्डर्ड चार्टर्डद्वारा भविष्य निर्माताहरु बैंकको एक त्यस्तो विश्वव्यापी पहलकदमी हो, जसले असमानताका मुद्दाहरुमा सरोकार राख्दछ र हाम्रो समुदायका युवावर्गका लागि वृहत् आर्थिक समावेशिताको प्रवद्र्धन गर्न चासो देखाउँदछ ।

बैंकले यस योजनामार्फत् न्यून आय भएका घर परिवारका विपन्न युवावर्गहरुलाई शिक्षा, रोजगारमूलक र उद्यमशीलतामाथि केन्द्रित कार्यक्रमहरुमा सहायता प्रदान गर्ने गरेको छ ।

माइती नेपालले आज आयोजना गरेको एक विशेष कार्यक्रमका बीच आसियन एण्ड साउथ एशियाका सिइओ जुडी सु र स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड नेपालका सिइओ अनिर्वाण घोष दस्तीदारले संयुक्त रुपमा माइती नेपालका अध्यक्ष विश्व खड्कालाई न्यूनलागतको स्यानिटरी प्याड उत्पादन योजनाको एक हिस्सा स्वरुप २ वटा मेशिनहरु ह्स्तान्तरण गरे ।

उक्त अवसरमा कर्पोरेट अफेयर्स, ब्राण्ड एण्ड मार्केटिङ्गका प्रमुख प्रनु सिंहले सरसफाईका बारेमा जागरण पैदा गर्न बैंक सधै प्रतिवद्ध रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment