Comments Add Comment

बाढीले अवरुद्ध विद्युत साउन १ देखि सञ्चालन हुन्छ : ऊर्जामन्त्री पुन

३१ असार, काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण अवरुद्ध देशभरका विद्युत सेवा साउन १ सम्मा सञ्चालन भइसक्ने बताएको छ ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत सेवा बुधबारसम्म सबै ठाउँमा सञ्चालन गर्ने गरी काम गरिएको जानकारी दिए ।

उनले कुलेखानी जलविद्युत आयोजनाको पानीको सतह नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि बताए । बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति नै बन्द हुन पुगेको छ । मन्त्री पुनले ती सबै समस्या बुधबारसम्ममा समाधान हुने गरी काम भइरहेको बताए ।

मन्त्री पुनले बाढी र डुबान हुन नदिन सरकारले नदी नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि बताए । नदी नियन्त्रण आपत्तकालीन कार्यका लागि नदी नियन्त्रणका क्षेत्रका काम गर्ने १५ वटा आयोजनाहरुलाई तयारी अवस्था राखिएको मन्त्री पुनको भनाइ छ ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले रानी–जमरा–कुलरिया सिञ्चाई आयोजनाको हालसम्म ८ किलोमिटर मूल नहर निर्माण कार्य सम्पन्न गरिएको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment