+
+

हिमालयन बैंक लिमिटेडद्वारा टिच फर नेपाललाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १ गते २०:१८

१ साउन, काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सिलसिलामा टिच फर नेपाललाई ग्रामिण क्षेत्रका समुदायिक(सरकारी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक पठाउन पाँच लाखबराबरको आर्थिक सहायता प्रदान गरेको छ ।

एक दिन नेपालका सबै विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन्” भन्ने मुल मन्त्रका साथ अगाडी बढेको टिच फर नेपाल संस्थाले हालसम्म विभिन्न ६ जिल्लाका ६७ वटा विद्यालयमा २ सय ७० जना स्वयंसेवक शिक्षकहरु पठाई ३० हजारभन्दा बढि विद्यार्थीहरुलाई विज्ञान, गणित, अंग्रेजी लगायतका विषयहरु पढाएको छ ।

बैंकका तर्फवाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणाले उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरेका छन् ।

हिमालयन बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

हाल बैंकको शाखा संख्या ५९ वटा, एटिएम संख्या १ सय २१ तथा २६ सयभन्दा बढि कार्ड मर्चेन्टहरु र विप्रेषण भुक्तानी काउन्टर १३ हजार ५ सयभन्दा बढी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?