Comments Add Comment

बलात्कार आरोपमा नेपाली सेनाका लेखापाल पक्राउ

२ साउन, वीरगञ्ज । बलात्कार आरोपमा नेपाली सेनाका एकजना लेखापाल पक्राउ परेका छन् ।

बाराको सिमरास्थित होटल संगालोसँग जोडिएको बलात्कार घटनामा मकवानपुर घर भइ वीरगञ्ज महानगपालिका-८ घण्टाघरस्थित चण्डी प्रसाद गण वीरगञ्जमा कार्यरत दुर्गा तिमल्सिना पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय सिमरा प्रहरीको अनुरोधमा जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार नै पक्राउ गरेको भए पनि बिहीबार सार्वजनिक गरिएको हो ।

पक्राउ परेका तिमल्सिनालाई इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) अनन्तराम शर्माले जानकारी दिए ।

यसघि बारा प्रहरीले होटल सञ्चालिका आमाछोरी र अर्को एक पुरुषको नाम मात्रै सार्वजनिक गरेको थियो ।

बारा प्रहरीले होटल सञ्चालिका आमाछोरी जीतपुर सिमरा उपमहानगरपालिका-१ निवासी ४० वर्षीया पूणिर्मा राय, २१ वर्षीया सीना राय कुर्मी र जीतपुर सिमरा ७ बस्ने २० वर्षीय विशालकुमार गुप्ता र तिमल्सिनाविरुद्ध मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ ।

अदालतबाट म्याद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जित सिंह राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment