Comments Add Comment

आफूलाई गाडी किन्ने पैसाले ट्यांकर किने चिरिबाबुले

६ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफूलाई गाडी किन्न छुट्याएको बजेटले विरुवालाई पानी हाल्ने प्रयोजनका लागि ट्यांकर किनेका छन् ।

विस्तारित चक्रपथमा रोकिएका विरुवा संरक्षणका लागि समस्या भएपछि गाडी किन्ने बजेटले २ वटा ट्यांकर किनेको उनले बताए ।

‘म अहिले चढेको गाडी पनि चलिरहकै छ, कहिलेकाहीँ बिग्रिन्छ, मर्मत गरेपछि चल्छ,’ उनले भने, ‘त्यसैले अहिले मैले गाडी नकिनेर ट्यांकर ल्याउने निर्णय गरेको हुँ ।’

गत आर्थिक वर्षमा १ करोड रुपैयाँ मेयरलाई गाडी किन्न छुट्याइएको थियो । तर, नयाँ रोपिएका विरुवालाई हिउँदमा पानी हाल्न समस्या हुने देखिएपछि त्यसैबाट ट्यांकर किन्ने निर्णय लिएको उनले बताए ।

२ वटा ट्यांकर किन्न महानगरपालिकाले करिब ६० लाख खर्च गरेको छ । ‘चक्रपथमा नयाँ रोपिएका २४ सय विरुवामध्ये २ हजार बढी ललितपुर महानगरभित्र नै छन्, त्यसैले ती विरुवालाई मर्न नदिन ट्यांकर किनेका हौं,’ महर्जनले भने ।

महानगरले ल्याएका ट्यांकर बहुसुविधायुक्त छन् । यो ट्यांकरबाट अग्ला विरुवामा पानी हाल्न र सडक सफा गर्न पनि सकिन्छ ।

‘म पहिलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बेलामै थुप्रै बिलासी गाडीहरु चढेँ, अहिले मलाई गाडी मोह छैन,’ उनी भन्छन् ।

मेयर महर्जन अहिले टोयोटाको बा ३ प २३८३ चढिरहेका छन् । उनले यो गाडी २० वर्षभन्दा पुरानो भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment