Comments Add Comment

भरतपुर अस्पतालमा ९ हजार जनाले गराए निशुल्क उपचार

७ साउन, चितवन । चितवनस्थित भरतपुर अस्पतालमा गत आर्थिक बर्षमा झण्डै ९ हजार बिरामीले निशुल्क उपचार गराएका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा अस्पतालबाट ८ हजार ७ सय ९७ जनाले निशुल्क तथा आधा शुल्क तिरेर उपचार गरेका छन् । अघिल्लो बर्षको तुलनामा यस्तो सेवा लिने विरामीको संख्या झण्डै ५ सय जना घटेको हो ।

लक्षित समूहमध्ये गरीव तथा अतिगरीब समूहबाट सबैभन्दा धेरै ३ हजार ९ सय ९३ जनाले उपचार सेवा लिएको सामाजिक सेवा इकाई प्रमुख रमेश थापाले जानकारी दिए ।

जेष्ठ नागरिक ३ हजार ९ सय ५३ जनाले अस्पतालबाट निशुल्क सेवा पाएका छन् । अपाङ्ग १ सय ८३, असहाय ३ सय ३५, लैंगिक हिंसा पीडित ९१, महिला स्वयसेविका ५४ जनाले निशुल्क र आधा शुल्कमा उपचार गराएका छन् ।

विरामीको निशुल्क र आधा शुल्कमा उपचारका लागि १ करोड ४८ लाख ६८ हजार १ सय खर्च भएको छ ।सामाजिक सेवा इकाईका लागि सरकारले झण्डै एक करोड रकम पठाएको थियो भने बाँकी रकम अस्पताल विकास समितिले खर्च गरेको हो ।

यस्ता बिरामीको संख्या धेरै रहेको तर सरकारले लिने बजेट, दरबन्दी संख्या र उपकरण कम भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले गुनासो गरे । भरतपुर अस्पतालमा दैनिक १२ सय बिरामी उपचारका लागि आउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment