+
+
Shares

पाँच किलो गाँजासहित दुई युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ७ गते १६:१२

७ साउन, जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपलिकाबाट प्रहरीले पाँच किलो गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ ।

महोत्तरीको औरही नगरपालिका २ का २३ बर्षीय पवन विश्वकर्मा र सर्लाहीको लालबन्दी नगरपालिका १० का २७ बर्षीय रोशन विश्वकर्मा पक्राउ परेका हुन् ।

उनीहरुलाई ज ९ प ६३९८ नम्बरको मोटरसाइकलमा गाँजा लैजादै गरेको अवस्थामा मंगलबार बिहान लक्ष्मीनिया गाउँपालिका १ स्थित सिगंरगोडा सडक खण्डको पिपल चौताराबाट पक्राउ गरिएको धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?