Comments Add Comment

वर्षाले बिथोल्यो नेपाल र मलेसियाको खेल

८ साउन, काठमाडौं । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटका लागि तय नेपाल र मलेसियाबीचको आजको खेल  वर्षाका कारण प्रभावित भएको छ ।

सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाली समयअनुसार ७ बजेर १५ मिनेटमा खेल सुरु हुने भनिए पनि पानी परेपछि खेल सुरु हुन सकेको छैन । वर्षा जारी रहेकाले खेल सुरु हुने सम्भावना कम छ ।

वर्षाले खेल प्रभावित पारेमा र नेपालले अंक बाँड्नु परेमा सबैभन्दा ठूलो घाटा नेपाललाई हुनेछ ।

विश्वकपको ग्लोबल छनोटमा प्रवेश गर्नका लागि पनि आजको खेल जित्नै पर्ने हुन्छ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा कमजोर मानिएको कतारसँग चार विकेटले पराजित भएको थियो ।

यसअघि सिंगापुर प्रस्थानअघि नेपालले मलेसियासँग उसैको भूमिमा दुई खेलमा टी–२० क्रिकेट सिरिज खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment