९ साउन, काठमाडौं । एथ्लेटिको मड्रिडले आफ्ना पूर्वखेलाडी एन्टोनी ग्रिजम्यानको दर्ता रोक्न माग गरेको छ ।
एथ्लेटिको मड्रिडले बार्सिलोनामा ग्रिजम्यानको दर्ता रोक्का गर्न माग गर्दै निवेदन दिएको ला लिगाका अध्यक्ष जाभियर टेबसले भनेका छन् ।
बार्सिलोनाले केही दिनअघि मात्रै २८ वर्षीय ग्रिजम्यानलाई आफ्नो क्लबमा भित्र्याएको थियो । ग्रिजम्यानलाई बार्सिलोनाले १ सय ८ मिलियन पाउन्डको रिलिज क्लाजमा अनुबन्ध गरेको थियो ।
तर एथ्लेटिकोले भने १ सय ८० मिलियन पाउण्डको रिलिज क्लज १ सय ८ मिलियन पाउण्डमा घटाएको भन्दै दर्ता रोक्न माग गरेको हो । जुलाई एकअघि नै बार्सिलोनासँग सहमति भएको कारण अहिले दिएको रकम अपुग भएको एथ्लेटिको दाबी छ ।
यता, ग्रिजम्यानले भने बार्सिलोना आएर पनि मैत्रीपूर्ण खेल खेलिसकेका छन् । चेल्सीसँग भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना २-१ गोलले हारेको थियो ।
प्रतिक्रिया 4