Comments Add Comment

क्रिकेटर कुलसेकराले लिए सन्यास

Photo Credit : इएसपीएन क्रिकइन्फो

९ असार, काठमाडौं । श्रीलंकाका तिब्रगतिका बलर नुवान कुलसेकराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

३७ वर्षे कुलसेकराले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेको इएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ । तर उनले ग्लोबल डोमेस्ट्रिक टी-२० क्रिकेट प्रतियोगिता भने खेल्नेछन् ।

सन् २००३ मा राष्ट्रिय टिममा डेब्यु गरेका उनी पछिल्लो दुई वर्षदेखि भने राष्ट्रिय टिम बाहिर थिए । अन्तिम पटक सन् २०१७ मा जिम्बाब्वेविरुद्ध एकदिवसीय क्रिकेट खेल खेलेका थिए । त्यसपछि भने उनी टिममा पर्न असफल हुँदै आएका थिए ।

उनी श्रीलंका लागि एकदिवसीय क्रिकेटमा विकेट लिने खेलाडीको तेस्रो स्थानमा छन् । उनले १८४ एकदिवसीय क्रिकेटमा १९९ विकेट लिएका छन् । त्यस्तै, टेष्ट क्रिकेटमा भने उनले २१ खेलबाट ४८ विकेट लिएका छन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले ५८ खेलबाट ६६ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment