+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बालुवाटार प्रकरणमा मुछिएका श्रेष्ठको मृत्युबारे गृहमन्त्रीसँग जवाफ माग

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १४ गते १७:३६
Photo Credit : रासस

१४ साउन, काठमाडौं । सांसदहरुले ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिको आत्महत्याको घटनाबारे गृहमन्त्रीसंग जवाफ मागेका छन् ।

प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारसम्बन्धी छलफल चलिरहेका बेला समिति सदस्यहरुले विभिन्न घटनामा गृहमन्त्रीको जवाफ माग गरेका हुन् ।

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायव सुब्बा युक्तप्रसाद श्रेष्ठको मृत्यु शंकास्पद भएको भन्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरे । उनले ९ तला माथिबाट खस्दा पनि श्रेष्ठको शरीरमा कतै पनि रगत नदेखिनु र आत्महत्या भन्नुले ललिता निवास प्रकरण लुकाउनका लागि हत्या गरिएको त होइन भन्ने शंका उब्जिएको बताए ।

नेकपाका सांसद एवं समिति सदस्य झपट रावलले भने दैनिक १० जना भ्रष्टाचारीहरुले आत्महत्या गरेको सुन्न पाइयोस् भन्दै घटनाको सत्यतथ्य पत्ता लगाउने भन्दा पनि आत्महत्या नै भएको भन्ने ढंगले आफ्नो धारणा राखे ।

सांसद डिला संग्रौलाले निर्मला पन्त हत्या सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाले गैर जिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाइन् । ‘निर्मला पन्तको जस्ता घटना हिजो पनि घटे, आज पनि घट्छन्, भोलि पनि घटिरहन्छन् भनेर गैरजिम्मेवारी पूर्ण अभिव्यक्ति दिन मिल्छ कि मिल्दैन ? कानुन आफ्नो हामतमा लिएर बोल्दै जाने हो भने निर्मला जस्ता हजारौं निर्मलाहरु बलात्कृत हुन्छन् । हामी कहाँ सुरक्षित हुन्छौ ? त्यसैले गृहमन्त्रीलाई यो बोल्ने अधिकार छ कि छैन ?’ उनले भनिन् ।

सांसद प्रेम सुवालले सुन काण्ड र निर्मला पन्त हत्याका अपराधीलाई अझै पनि नियन्त्रणमा लिन नसकेको भन्दै अपराधीलाई मृत्युदण्ड दिने प्रावधान राख्ने गरि संविधान संशोधन गर्न सरकारलाई निर्देशन दिनुपर्ने तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?