+
+

पाकिस्तानी सेनाको विमान बस्तीमा खस्यो, १८ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १४ गते १८:२४

१४ साउन, काठमाडौं । पाकिस्तानी सैनिक विमान रावलपिण्डी नजिकैको आवासीय क्षेत्रमा खस्दा हुँदा १८ जनाको मृत्यु भएको छ । थुप्रै घाइते भएका छन् ।

दुर्घटनामा चालक दलका पाँच सदस्य र १३ सर्वसाधारणको मृत्यु भएको बीबीसीले जनाएको छ ।

ट्रेनिङमा रहेको विमान आवासीय क्षेत्रमा खस्दा थुप्रै घरमा आलो लागेको थियो । जमिनमा खस्नु अघि नै विमानमा आगो लागेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?