+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

चार्जमा राखेको मोवाइलमा गेम खेल्दा किशोरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १६ गते १३:२५

१६ साउन, विराटनगर । चार्जमा राखेको मोवाइल खेल्दा बुधबार एकजनको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका– ३ त्रिशुली चोकका १५ वर्षिय सौजन राईको मृत्यु भएको हो ।

मोवाइल चार्जमा राखेर गेम खेलिरहेको अवस्थामा बुधबार मध्यरातमा उनलाई करेन्ट लागेको थियो । चार्जमा राखेको मोबाइलबाट करेन्ट लाग्दा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङकाका डीएसपी राजकुमार खिइजुले जानकारी दिए ।

सौजन बुधबार राति साथी सुरज राईको घरमा सुत्न गएका थिए । दुबैजना एउटै खाटमा सुतेका थिए । खाटको छेउमा सुतेका सौजनलाई मोवाइल चार्जमा राखेर गेम खेल्ने क्रममा एक्कासी करेन्ट लागेको थियो ।

प्रहरीका अनुसार करेन्ट लागेर छटपटाएपछि सुरजले बुवा, आमालाई बोलाएर बिजुली बन्द गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले बन्द अवस्थामा मोबाइल फेला पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?