Comments Add Comment

तनहुँको बन्दीपुरमा बस दुर्घटना, १९ यात्रु घाइते ।

Photo Credit : दुर्घटनामा परी घाइते भएकाको उपचार गर्दै चिकित्सक ।

१९ साउन, चितवन । तनहुँको बन्दीपुर गाउँपालिका–५, ढाँपमा आइतबार बिहान बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।

चितवनको नारायणगढबाट बागलुङ जाँदै गरेको बा ४ ख ५९८८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा बसमा सवार १९ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय, डुम्रेले जानकारी दिएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । १ जनालाई थप उपचारका लागि पोखरा पठाइएको कार्यालयका प्रहरी सहायक निरीक्षक दिनेश पौडेलले जानकारी दिए । अन्य १८ जना घाइतेको लक्ष्मी अस्पताल डुम्रेमा नै उपचार भइरहेको छ ।

बसमा ३३ जना यात्रु सवार थिए । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment