Comments Add Comment

एनसेल टावर आगजनीमा संलग्नको आरोपमा लामिछाने पक्राउ

Photo Credit : एनसेल टावर आगजनीमा संलग्नको आरोपमा पक्राउ परेका बच्चुराम लामिछाने । तस्वीर सौजन्यः रामहरि न्यौपाने/नुवाकोट

२० साउन, काठमाडौं । नुवाकोटको एनसेल टावर आगजनीमा संलग्नको आरोपमा प्रहरीले विप्लव समर्थक बच्चुराम लामिछानेलाई  नियन्त्रणमा लिएको छ ।

कीर्तिपुरमा स्टेशनरी पसल सञ्चालन गर्दै आएका लामिछानेलाई नुवाकोटबाट आएको प्रहरी टोलीले गएराति काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई राति नै नुवाकोट लगिएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ ।

नुवाकोटको विदुर नपा–२ स्थित एनसेल टावरमा गत फागुन १० मा आगजनी भएको थियो । यो घटनामा लामिछानेलगायतका विप्लव समर्थकको संलग्नता रहेको अभियोग छ ।

पक्राउ परेका लामिछाने ०५२ सालदेखि सञ्चालित सशस्त्र संघर्षमा प्रत्यक्ष संलग्न व्यक्ति हुन् । ०५८ मा दुईपिपल गाउँ जनसरकार प्रमुखको जिम्मेवारीसमेत उनले सम्हालेका थिए ।

तत्कालीन माओवादीमा आएको विभाजनसँगै उनी विप्लव समूहमा आवद्ध भएका थिए । यद्यपि, उनकी श्रीमती रश्मी ढुंगाना (लामिछाने) ले विप्लव समूहमाथि प्रतिबन्ध लागेसँगै श्रीमान् त्यसबाट अलग भएर व्यापार व्यवसायमा लागेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment