
२० साउन, काठमाडौं । साउन महिना शिवभक्त हिन्दू धर्माबलम्बीका लागि विशेष महिना हो ।
साउनमा शिवको विशेष महिमाका साथ पूजा अर्चना गरिन्छ । अझ साउनको सोमबार झन् विशेष दिन हो । यही दिनमा शिवभक्तहरु बोलबम यात्रा गर्छन्, महिलाहरु ब्रत बसी शिवको पूजा गर्छन् ।
आज साउनको तेस्रो सोमबार, अघिल्लो सोमबारजस्तै काठमाडौंको सुन्दरीजलदेखि पशुपतिनाथसम्म बोलबमयात्रा गरिएको छ ।
बोलबमका लागि शिवभक्तहरु राति १२ बजेदेखि नै सुन्दरीजलमा बाग्मतीमा नुहाउँछन् । त्यसपछि त्यहाँको जल लिएर पशुपतिनाथ मन्दिरसम्म पैदलयात्रा गर्छन्, शिवलाई जल चढाउँछन् ।
साउनको अघिल्ला सोमबार भन्दा यस पटक बोलबमयात्रीको संख्या बढी थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4