Comments Add Comment

मुख्यमन्त्री र चीनको बीआरआई विज्ञ टोलीबीच भेटवार्ता

२० साउन,बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र चिनियाँ बीआरआई विज्ञ टोलीबीच सोमबार बुटवलमा भेटवार्ता भएको छ ।

चाइना एकेडेमिक अफ साइन्सका प्राध्यापक लीउ वी डोउको नेतृत्वमा आएको आठ सदस्यीय टोलीसंगको भेटवार्तामा बीआरआई मार्फत गर्न सकिने काम र संभावनाबारे मुख्मयन्त्रीसंग छलफल भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्रीले प्रदेश ५ को विशेषता र संभावना तथा बुद्ध र बौद्ध दर्शनको प्रभावबारे जानकारी गराउँदै बीआरआई मार्फत नेपाल र प्रदेश ५ ले लाभ लिनसक्ने बताए ।

उनले नेपालमा बीआरआई कनेक्टिभिटीको एक महत्वपूर्ण हिस्सा प्रदेश ५ रहेको बताए । उनले केरुङ काठमाडौं लुम्बिनी रेलवेको काम छिटो अघि बढाउन सक्दा लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न सघाउ पुग्नुको साथै यो क्षेत्र महत्वपूर्ण सम्पर्क विन्दु हुन सक्ने चिनिया टोलीलाई जानकारी गराए ।

उनले कालीगण्डकी करिडोरले बढाउने कनेक्टिभिटी र ल्याउने अवसरबारे विस्तृत अध्ययन गर्नुपर्ने खाँचो औंल्याए । प्राध्यापक लीउ वी डोउले चिनिया राष्ट्रपति सी जिन पिङले अघि सारेको विकासको नयाँ मोडेल बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामार्फत चीनले आफूसगैं छिमेकको विकास र उन्नतीलाई जोड्न चाहेको बताए ।

यस विषयमा मुख्यमन्त्रीसंग भएको छलफल महत्वपूर्ण भएको आगामी दिनमा पनि छलफल गर्दै अघि बढ्ने चिनिया टोलीले मुख्यमन्त्रीसंगको छलफलमा बताएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment