Comments Add Comment

साफ यू-१८ च्याम्पियनसिप : नेपालको प्रतिद्वन्द्वी पाकिस्तान

२३ साउन, काठमाडौं । साफ यू-१८ फुटबल च्याम्पियनसिपमा आयोजक नेपालले आफ्नो पहिलो प्रतिद्वन्दीको रुपमा पाकिस्तान पाएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आज बिहीबार सार्वजनिक गरेको खेल तालिकामा नेपालले उद्घाटन खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको हो । नेपाल रहेको समूह ‘ए’ मा आयोजक नेपालसँगै पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् ।

त्यस्तै, समूह बी मा भारत, बंगलादेश र श्रीलंका रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २० तारिखमा पाकिस्तानसँग हलचोकस्थित एपीएफको खेल मैदानमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, दोस्रो खेल २२ तारिखमा माल्दिभ्ससँग खेल्ने नेपालले समूह चरणको अन्तिम खेल भुटानसँग २४ तारिखमा खेल्नेछ । समूह ए र बी को विजेता र उपविजेता टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सेमिफाइनल २७ तारिखमा हुनेछ भने फाइनल २९ तारिखमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment