Comments Add Comment

गर्भावस्थामा ध्यानः के छ लाभ ?

गर्भवतीको खानपान, रहनसहनको प्रत्यक्ष प्रभाव गर्भको बच्चामा पर्छ । त्यही कारण गर्भावस्थामा के खाने, के नखाने भनेर चिकित्सकले सुझाव दिन्छन् । कतिपय यस्ता खानेकुरा हुन्छन्, जसले गर्भमा हुर्कदै गरेको बच्चालाई असर गर्छ । ठिक यसैगरी सही खानपानले गर्भमा हुर्कदै गरेको बच्चाको विकासमा सघाउ पुग्छ । कतिपय औषधी, मदिराजन्य पदार्थ, धुमपानले गर्भको बच्चालाई नराम्ररी असर पुर्‍याउँछ । यी भए खानपानको कुरा ।

गर्भवतीको दिनचर्याले पनि गर्भको बच्चालाई प्रभाव पार्छ । गर्भवती महिला उठ्ने, सुत्ने, हिँड्ने, बस्ने, डुल्ने आदि गतिविधिसँग गर्भको बच्चाको विकासमा प्रभाव पारिरहेको हुुन्छ ।

त्यसैगरी गर्भवतीको सोंच-चिन्तन वा मानसिक अवस्थासम्म समेत गर्भको बच्चाको सम्बन्ध रहनछ । त्यही कारण त गर्भावस्थामा खुसी, उमंगित रहनुपर्छ । सकारात्मक हुनुपर्छ । खराब विचार त्याग्नुपर्छ । उदासी, निरासा, क्रोध त्याग्नुपर्छ भनिन्छ । आमाको मनोदसासँग गर्भको बच्चाको मानसिकता पनि प्रभावित हुने भएकाले यसो भनिएको हो ।

यसको अर्थ शारीरिक रुपले, मानसिक रुपले स्वस्थ्य बच्चा जन्माउनका लागि गर्भवतीले धेरै कुरामा ख्याल राख्नुपर्छ ।

गर्भावस्थामा सन्तुलित, पोषिलो, सुपाच्य खानेकुरा खानुपर्छ । शारीरिक रुपले निस्क्रिय बस्नु हुँदैन । यस्तो अवस्थामा विश्राम त गर्नुपर्छ, यद्यपि शारीरिक सक्रियता पनि आवश्यक हुन्छ । मनमा सकारात्मक सोंच राख्नुपर्छ । चिन्ता र खराब सोंच त्याग्नुपर्छ ।

गर्भावस्थामा कुन खानेकुरा खाने, कति खाने भन्ने कुरा निर्धारण गरिएको छ । यसैगरी कुन किसिमको व्यायाम गर्ने, कस्ता आसन गर्ने भन्ने कुरा पनि निर्धारण गरिएको छ । समुचित खानपान र व्यायामले गर्भको बच्चालाई फाइदा गर्छ । अर्थात गर्भमा हुर्कदै गरेको बच्चाको शारीरिक र मानसिक अवस्था राम्रो हुन्छ ।

त्यसो त गर्भावस्थामा महिलाहरु अनेकन शारीरिक तथा मानसिक परिवर्तनबाट गुजि्ररहेका हुन्छन् । यस किसिमको परिवर्तनले उनीहरुमा भय पैदा गर्न सक्छ, चिन्ता पैदा गर्न सक्छ । मनमा विभिन्न शंका-उपशंका पैदा हुनसक्छ । प्रसूतिको समयमा कति पीडा खेप्नुपर्ला ? जन्मने बच्चा कति स्वस्थ्य होला ? इत्यादि कुराले पनि उनीहरुको मन स्थिर रहन दिदैन । त्यसैले यी मानसिक तनाव हटाउनका लागि गर्भावस्थामा ध्यान अर्थात मेडिटेसन आवश्यक हुन्छ ।

ध्यान यस्तो विधी हो, जसले मानसिक रुपमा हामीलाई स्वस्थ्य तुल्याउँछ । शान्त तुल्याउँछ । मनका अनेक विकार हटाइदिन्छ । साथसाथै शरीरको प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

ध्यान अभ्यास गर्नाले मन शान्त हुन्छ । प्रसूतिको समयमा सहज अनुभव हुन्छ । गर्भको बच्चामा सकारात्मक प्रभाव पर्छ ।

कसरी गर्ने ध्यान ?

आरमदायक स्थानमा बस्नुपर्छ । ठाउँ खुला वा ताजा हावा आउजाउ गर्ने हुनुपर्छ । होहल्ला, दुर्गन्ध नभएको ठाउँ राम्रो हुन्छ ।

आरमदायक ढंगले बसेपछि गहिरो सास लिने । एकछिन सार रोक्ने । यो अभ्यास नियमित गरिरहनुपर्छ ।

सास लिइरहँदा आँखा बन्द गर्नुपर्छ । सम्पूर्ण ध्यान आफ्नो श्वासप्रश्वासमा लगाउनुपर्छ । सास लिएको र छाडेको अनुभूत गरिरहुनुपर्छ । यो अभ्यास नियमित र एउटै लयमा गर्नुपर्छ । क्रमस गहिरो सास लिनुपर्छ ।

गहिरो सास लिएपछि एकछिन रोकेर छाड्नुपर्छ । श्वासप्रश्वासमा आफ्नो ध्यान केन्दि्रत गराउनका लागि केही आवाज पनि प्रयोग गर्न सकिन्छ, जस्तो कि ओम । यसरी नियमित रुपले र सही ढंगले ध्यान गरिरहँदा गर्भमा भएको बच्चालाई राम्रो प्रभाव पर्छ । साथसाथै गर्भवती महिलाको मन पनि स्थिर र शान्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment