+

क्रिकेट संघको प्रदेश १ अध्यक्षमा शेर्पा चयन

२०७६ साउन  २५ गते १६:०५ २०७६ साउन २५ गते १६:०५
क्रिकेट संघको प्रदेश १ अध्यक्षमा शेर्पा चयन

२५ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ -क्यान)को प्रदेश १ अध्यक्षमा मिङ्मा डण्डू शेर्पा चयन भएका छन् ।

शनिबार बिराटनगरमा सम्पन्न विशेष साधारण सभाले शेर्पाको नेतृत्वमा १३ सदस्यीय कमिटी चयन गरेको हो । अध्यक्षमा उम्मेदवारी दिएका विप्लव घोसले अन्तिम समयमा आएर नाम फिर्ता लिएका थिए ।

उपाध्यक्षमा नविन घिमिरे निर्वाचित भए । उनले सुनिल कार्कीलाई पराजित गरे ।

क्यानको प्रदेश १ कमिटीको सचिवमा मनोज कटुवाल र कोषध्यषमा विरु तामाङ चयन भएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय