+

एसियन सेन्ट्रल जोन भलिबलको तयारी पूरा

२०७६ साउन  २८ गते १५:४७ २०७६ साउन २८ गते १५:४७
एसियन सेन्ट्रल जोन भलिबलको तयारी पूरा

२८ साउन, काठमाडौं । नेपालले आयोजना गर्ने पाँचौ एसिएन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल भलिबल संघले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । प्रतियोगिता भदौ २ गतेदेखि ७ गतेसम्म लगनखेलस्थित आर्मी कभर्डहलमा हुँदैछ ।

प्रतियोगितामा आयोजक नेपालसहित किर्गिस्तान, तुर्किमिनिस्तान, उब्जेकिस्तान, अफगानिस्तान, माल्दिभ्स र बंगलादेश रहेका छन् । प्रतियोगिताको लागि खेल स्थानदेखि खेलाडी बस्ने होटललगायतका सबै पक्षको पूर्णरुपमा तयारी गरेको संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

प्रतियोगितामा प्रतिस्पर्धा गर्न मंगलबार अफगानिस्तानको टीम नेपाल आइसकेको छ । अन्य टीम भने १६ र १७ तारेखभित्र आइसक्ने संघले जानकारी दिएको छ ।

तर अहिलेसम्म खेल तालिका भने सार्वजनिक भएको छैन । प्रतियोगिता टेक्निकल टीम आइसकेपछि मात्रै खेल तालिका सार्वजनिक हुने संघले बताएको छ ।

नेपाल भलिबल टीमका सहायक प्रशिक्षक जगदिश भट्टले नेपाली टीमले राम्रो प्रदर्शन गर्ने दाबी गरे । उनले भनेका छन्, ‘नेपाली खेलाडीले पहिलेको जस्तो स–सानो गल्ती गर्ने छैनन् । सुरुदेखि अहिलेसम्म निकै सुधार भएको छ ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय