Comments Add Comment

नेपालले मलेसियन लिग च्याम्पियनसँग मैत्रीपूर्ण खेल खेल्ने

२९ साउन, काठमाडौं । नेपालले मलेसियन सुपर लिग च्याम्पियन क्लब जोहर दारुल ताजिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय टीमले विश्वकप छनोट २०२२ को दोस्रो चरणको खेलको तयारीको रुपमा मलेसियन च्याम्पियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको जानकारी दिएको हो । नेपालले यही अगष्ट २६ तारेखमा मलेसिया गई मैत्रीपूर्ण खेल खेल्नेछ ।

यो मैत्रीपूर्ण खेल नेपालको लागि राम्रो भएको मुख्य प्रशिक्षक योहान कालिनले बताएका छन् ।

विश्वकप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेत रहेको छ । नेपाल र कुवेतविरुद्धको खेल यही सेप्टेम्बर पाँच तारिखमा उसैको भूमिमा हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment