Comments Add Comment

नवल भन्छन्– मारुनीमा साम्राज्ञीलाई स्टार देखाएको छैन

नवल नेपालको निर्देशनमा बनेको चलचित्र ‘मारूनी’ रिलिजको तयारीमा छ । भदौ १३ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङको मुख्य भूमिका छ । गीत र ट्रेलरबाट चलचित्रलाई निकै राम्रो प्रतिक्रिया मिलिरहेको छ ।

चलचित्र ‘मारुनी’मा साम्राज्ञी स्टार देखिन्छिन् कि क्यारेक्टर, यो प्रश्नको उत्तरमा नवलले अनलाइनखबरसँग भने–‘पक्कै पनि उहाँ ‘मारूनी’ देखिनुहुन्छ नी । त्यो स्टार त मेरो चलचित्रमा काम नै छैन । स्टारको काम ब्राण्डिङ गर्ने हो । जुन चलचित्रको पर्दा भित्र खासै मान्य हुँदैन ।’

चलचित्रको पर्दामा साम्राज्ञीको स्टारडम वा ब्राण्ड देखिए आफू असफल हुने नेपाल बताउँछन् । उनले भने–‘चलचित्रमा हामीले उहाँलाई ‘मारूनी’को रुपमा देखाउन खोजेका छौं । त्यसैले पनि चलचित्रमा उहाँलाई स्टार देखियो भने हामी असफल भयौं भनेर घोषणा गरिदिए हुन्छ ।’

निर्देशक नेपाल चलचित्रमा सबै कलाकारको काम राम्रो भएको बताउँछन् । उनले भने, ‘म निर्देशक भएको नाताले कलाकारको कामबाट कहिल्यै सन्तुष्ट हुन्नँ । जब म सन्तुष्ट हुन्छु मेरो काम सकिन्छ । उहाँहरुबाट ९९ पाउँछु होला तर, १ प्रतिशत पाउँदिन । सबै कलाकारको काम उत्कृष्ट छ ।’ नवलले चलचित्रले दर्शकको मुटु नै छुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment