+
+
Shares

२५ हजार रुपैयाँ घुससहित सवइन्जिनियर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १ गते १९:३९

१ भदौ, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस रकमसहित काभ्रेका एक सव इन्जिनियरलाई नियन्त्रणमा लिएको छ ।

टङ्गालबाट खटिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलील करारमा कार्यरत सवइन्जिनियर आकाश श्रेष्ठलाई सेवाग्राहीसँग २५ हजार रुपैयाँ नगद घुस लिने क्रममा नियन्त्रणमा लिएको हो ।

बनेपा नगरपालिका–११ का सवइन्जिनियर श्रेष्ठले २०७२ सालको भूकम्पले पूर्णक्षति भएको घर निर्माणको क्रममा प्राप्त किस्ता रकम निकासको लागि अनुगमन प्रतिवेदन तयार पारेबापत घुस मागेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

श्रेष्ठलाई बनेपा नगरपालिका–८ नाला दोबाटोमा रहेको एक रेस्टुरेन्टबाट आइतबारबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?