+
+

निर्वाचन आयोगले बनायो तेस्रो पञ्चवर्षीय योजना

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २ गते १५:५६

२ भदौ, काठमाडौं । निर्वाचन आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना तयार पारेको छ । निर्वाचन आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायको रुपमा स्थापित गर्ने उद्देश्य साथ आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/७७ –२०८०/८१) तयार पारेको हो ।

पञ्चबर्षीय रणनीतिक योजनाका लागि ५ वटा रणनीति र ४० वटा कार्यनीति तय गरिएको छ । कार्यनीति कार्यान्वयनका लागि ५ बर्षको कार्ययोजनासमेत तयार गरी १ सय ५६ वटा क्रियाकलापहरु पहिचान गरिएको छ ।

आयोग परिसरमा सोमबार पत्रकारसँग कुरा गर्दै प्रवक्ता शंकरप्रसाद खरेलले ७ वटै प्रदेश र सम्बन्धित क्षेत्रका निकायसंग गरिएको परामर्शबाट प्राप्त सुझाव समेटेर रणनीतिक योजनाको मस्यौदा तयार पारिएको जानकारी दिए ।

स्वच्छ ,स्वतन्त्र, निश्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनमार्फत नागरिकलाई राजनीतिक अधिकारको उपभोग गर्ने अवसर सुनिश्चित गर्न रणनीतिक योजना तयार पारिएको प्रवक्ता खरेलले बताए ।

आयोगले पञ्चवर्षीय रणनीतिक योजनामा प्रविधियुक्त निर्वाचन व्यवस्थापन प्रणालीको विकास गर्ने, निर्वाचनसम्बन्धी नीतिगत तथा कानूनी सुधार गर्ने, संविधान र कानून बमोजिम राजनीतिक दल नियमन गर्ने र निर्वाचन एवं नागरिक शिक्षामा साझेदारी र सहकार्य अभिवृद्धि गर्ने रणनीति तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?