Comments Add Comment

‘द गर्ल वन द ट्रेन’को रिमेकमा परणितीको यस्तो लुक्स

बलिउड नायिका परणिती चोपडा अहिले नयाँ चलचित्रको छायांकनमा व्यस्त छिन् । हलिउड चलचित्र ‘द गर्ल वन द ट्रेन’को हिन्दी रिमेकमा परणितीले मुख्य भूमिका निर्वाह गरिरहेकी छिन् । यस चलचित्रलाई अहिले सम्म नाम दिइएको छैन।

यस्तैमा निर्माण पक्षले परणितीको लुक्स सार्वजनिक गरिदिएको छ । दुई तस्विरमा परणितीको लुक्स सार्वजनिक गरिएको हो । सार्वजनिक तस्विरमा परणितीलाई चोट लागेको देखाइएको छ । एक तस्विरमा परणितीको निधारमा चोट लागेको छ भने अर्को तस्विरमा आखाँमा दाग छ । सार्वजनिक तस्विरले पनि चलचित्र महिला हिंसामा छ भन्ने पत्तो पाउन सकिन्छ ।

रिभु दसगुप्ताको निर्देशनमा बनिरहेको चलचित्रमा आदिती रोय, कृति कुल्हरी र अभिनाश तिवारीको पनि मुख्य भूमिका रहेको छ । चलचित्रलाई रिलायन्स इन्ट,रटेन्टमेन्टले निर्माण गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment