+
+

प्याब्सनमा आवद्ध ६३ सय विद्यालय सामाजिक सुरक्षा कोषमा आउने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ६ गते १९:०७

६ भदौ, काठमाडौं । निजी तथा संस्थागत विद्यालयको छाता संगठन (प्याब्सन)ले आफू मातहतका विद्यालयहरु समाजिक सुरक्षा कोषमा आवद्ध हुने बताएको छ ।

सामाजिक सुरक्षा कोषमा प्याब्सन मातहतका सबै विद्यालय, शिक्षक र कर्मचारीलाई सुचीकृत गर्ने विषयमा शुक्रबार श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा भएको छलफलमा स.स्थाले यस्तो प्रतिवद्धता जनाएको हो ।

प्याब्सनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँको नेतृत्वमा आएको प्याब्सननको टोलीले सरकारसँग यस्तो बाचा गरेको छलफलमा सहभागी एक अधिकारीले बताए ।

प्याब्सन नेपालको सन्दर्भमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषले ऐतिहासिक महत्व राख्ने हुँदा सधै सकारात्मक नै रहेको संस्थाले बताएको छ ।

प्याब्सन मातहत करिब ६३ सय विद्यालयमा १ लाख २५ हजार श्रमिक तथा शिक्षक कार्यरत छन् ।

असोज १४ गतेको प्याब्सनको कार्यसमिति बैठकबाट आधिकारिक निर्णय गर्ने योजना रहेको जानकारी पनि सरकारलाई प्याब्सनले दिएको छ ।

‘सरकारले तोकेको न्युनतम पारिश्रमिक सबै विद्यालयमा गर्न हामी प्रतिबद्ध छौं,’ छलफलमा प्याब्सनका नेताहरुको भनाइ उदृत गर्दै ती अधिकारीले भने,’नदिनेलाई संरक्षण गर्दैनांै भनेका छन् ।’

जवाफमा मन्त्री गोकर्ण विष्टले सबै जिल्लाका विद्यालयलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन अनुरोध गरे ।

प्याब्सनले संस्थागत निर्णय गरेर सबै विद्यालयलाई सामाजिक सुरक्षा कोषमा सुचीकृत हुनका लागि पहल गरे त्यसले देशलाई नै नयाँ सन्देश दिने उनको भनाइ थियो ।

मन्त्री बिष्टले अब सूचीकृत हुा अब समय थप्न नसकिने पनि बताए । उनले तोकिएको समयमै सबै विद्यालयलाई कोषमा सुचीकृत गर्न आग्रह गरे ।

उनले निजी तथा संस्थागत विद्यालयलाई रहेका अन्य समस्यामा थप छलफल गर्न सकिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?